रौतहट,
रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते
एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो
कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय
निजामुद्दिन खान छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ
टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो ।
ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज
खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला
परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको
लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार
दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।
