महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन ५ गते एपीएफ टोलीले करीव ३ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको दुई वटा मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा उक्त दुवै मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ ।
APF