काठमाडौं,
रौटहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट फागुन २
गते एपीएफ टोलीले करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको
एपीएफ टोलीले फागुन २ गते करीब १ लाख २० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मुर्ती तथा गरगहना बरामद गरेको छ ।
अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मुर्ती तथा गरगहना रुपन्देही
जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपास ईलाकाबाट बरामद गरिएको
हो ।
बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ र ४ को सीमा
ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोटर पार्ट्स, मोबाईल फोनको कभर र कस्मेटिक सामान बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
