झापा,
झापा जिल्लाको झापा गाउँपालिका ४ बेलायतीबारी स्थित सीमा ईलाकाबाट फागुन
४ गते एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय जेठा सरेण्ड र
सोही जिल्लाको कन्काई नगरपालिका ६ बस्ने २३ वर्षिय सुरेश थापा छन् ।
प्रदेश नम्बर ३-०३-००१ प ३२७९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय ५ ग्राम ब्राउन सुगर र
२० वटा नाईट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद
गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि ईप्रका कुलमखोडमा बुझाईएको छ ।
