काठमाडौं,
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ करैया स्थित सीमा ईलाकाबाट
फागुन ४ गते एपीएफ टोलीले करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको
एपीएफ टोलीले फागुन ३ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ
टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद
गरेको हो ।
बराममद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
