Toggle Menu

समाचार

APF News
'सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।
2078-09-12
APF News
लागूऔषध तथा भारतीयरुपैयाँसहित पाँच जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष ७ गते सशस्त्र प्रहरीले लागूऔषध तथा भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको फिदीम नगरपालिका बस्ने २७ बर्षिय सरोज लाउटी, २४ बर्षिय विवस खवास, २१ बर्षिय विर बहादुर राई, २६ बर्षिय अनुप राजवंशी र २५ बर्षिय राजा उरौ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश कालीमन्दिरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा अल्प्राजोलम ६३ वटा र ९४ हजार ८ सय भारतीय रुपैयाँ फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-08
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्लाको डुप्रुम गाउँपालिका ४ बस्ने २० बर्र्र्षिय अर्पण राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ४ सय ५० वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही नगरपालिका ५ बस्ने २३ बर्र्र्षिय आकाश वडलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज वडलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कारगिलडाँडाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ८९ वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका वडलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-08-26
APF News
ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित सिमा ईलाकाबाट मंसिर २५ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ बस्ने २९ बर्षिय मिन प्रसाद फुयाललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । त्यसबेला निजको साथबाट ११ हजार ६ सय नगद रुपैयाँ र १ थान मोबाईलसेट समेत बरामद गरिएको छ । पक्राउ परेका फुयाललाई बरामद ब्राउन सुगर, नगद रुपैयाँ र मोबाईलसेटसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-08-26