धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईलेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ५ बस्ने २३ बर्षिय पंकज गुरमौता छन् । ज ९ प ७७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरमौतालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईलसमेत बरामद गरिएको छ । पक्राउ परेको गुरमौतालाई बराद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF