सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका ६ स्थित बरहथवा ईलाकाबाट चैत १६ गते सशस्त्र प्रहरीले करीव १ लाख ९५ हजार रुपैयाँ बराबरको ३९ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँको एक खाल्टोमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सुन्दरपुर र नम्बर १० गणबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद काठ सवडिभिजन बन कार्यालय मुर्तियामा बुझाईएको छ ।
APF