काठमाडौं,
चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष
कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल
नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ ।
बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र
प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा
पञ्जाछाप लगाउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा
सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी
बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा
व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी
तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष
निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।
त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र
रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा
जवानहरुको उपस्थित रहेको थियो ।
