काठमाडौं, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित बसपार्क ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईयरफोन र वायरलेस स्पिकर बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF