काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी
हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम
चैत्र २१ गते सम्पन्न भएको छ ।
सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट
हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान
गर्नुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम
के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च
अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई
एसटिएफको ट्याक प्रदान गर्नुभएको हो ।
१६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी
बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार
जवानहरुको उपस्थिती रहेको थियो ।
