Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

सिरहा,
        सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित सीमा इलाकाबाट भाद्र १० गते
एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको विहारमा घर बताउने २२ वर्षिय कमलेश्वर साह छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट अभयनगरबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेको निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले
शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ३ बोतल, नाईट्राभेट १०
पत्ता र पुसम ट्याब्लेट ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेको साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाईएको छ ।

2077-05-10
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ गढीगोठ स्थित सीमा ईलाकाबाट साउन
८ गते एपीएफ टोलीले चोरीपैठारीको किराना तथा हार्डवयरका सामान बरामद
गरेको छ ।
        दुई वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो ।
        त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल
समेत बरामद गरेको छ ।
        बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ९२ हजार पाँच सय
रुपैयाँ रहेको छ ।
        यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टि इलाकाबाट
भाद्र ८ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल,
नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।
 

2077-05-08
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गणपति तालिम उद्घाटन 

काठमाडौं,
        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा
सि.सं. ४ गणपति तालिम संचालन भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणबावु थापाले भाद्र ८ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन
गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र
प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने
अधिकृतहरुलाई लक्षित गरी उनीहरुको पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं
नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको
उल्लेख गर्नुभयो ।
        उहाँले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र
प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त
गर्दै आत्म विश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशिल
रहनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा जिम्मेवारीका
क्षेत्रहरुमा उत्कृष्ट कार्य सम्पादन गर्नका लागि यस्ता व्यावसायीक
तालिमहरु महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी
अधिकृतहरुको वृत्तिविकासमा समेत यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने
बताउनुभयो ।
उहाँले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि
लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले
तालिमलाई मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल, मेहनती र फौजी
अनुशासनमा रहेर स्वःस्फूर्त रुपमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न
प्रयत्नशिल रहने विश्वास व्यक्त गर्नुभयो ।
        उक्त तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड
म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको
कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण
दिइने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।
        करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव
उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

2077-05-08
APF News
सशस्त्र प्रहरी महानिरीक्षक समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा अन्य बरिष्ठ अधिकृतहरुद्वारा कार्य सम्पादन सम्झौता

काठमाडौं,
        सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षकहरु तथा बाहिनीपति सशस्त्र प्रहरी नायव
महानिरीक्षकहरुले बार्षिक कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार
आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो ।
        सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र
रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु मन्दिप
श्रेष्ठ, प्रविणकुमार श्रेष्ठ, कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल,
हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान, राजेन्द्र बस्नेत र हरिशचन्द्र
अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
        त्यसैअवसरमा सशस्त्र प्रहरी बल, नेपाल आर्थिक प्रशासन महाशाखाका प्रमुख
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्रकुमार खत्रीले समेत सशस्त्र प्रहरी
महानिरीक्षक खनाल समक्ष कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
        सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारी प्रति अझै बढि
प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा
उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग
आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो ।
        कोभिड–१९ महामारीको बिशेष परिस्थितिका कारण काठमाडौं उपत्यका बाहिर
रहेका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुसँग भने सूचना
प्रविधिको माध्यमबाट सो सम्झौता सम्पन्न गरिएको हो ।
        कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति
रहेको थियो ।

2077-04-30
APF News
एपीएफ टोलीद्वारा औषधी बरामद

धनुषा,
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २४ बसैयास्थित सीमा ईलाकाबाट साउन
३० गते एपीएफ टोलीले करीब एक लाख ६० हजार रुपैयाँ बराबरको विभिन्न
किसिमको औषधी बरामद गरेको छ ।
        ज १ ह २२३१ नम्बरको टेम्पोमा राखेर भारतबाट अवैध रुपले ल्याउँदै गरेको
अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल राजस्व भन्सार सुरक्षा बेस जनकपुरबाट
खटिएको एपीएफ टोलीले उक्त औषधी बरामद गरेको हो ।
        एपीएफ टोलीले त्यसवेला उल्लेखित टेम्पो समेत बरामद गरेको छ ।
        बरामद औषधी तथा टेम्पो स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद
टेम्पोको भन्सार दाखिला मूल्य तीन लाख रुपैयाँ रहेको छ ।
      

2077-04-30
APF News
एपीएफ टोलीद्वारा अवैध काठ बरामद

काठमाडौं,
        धनुषा जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित भित्री सडकखण्डबाट
साउन २८ गते एपीएफ टोलीले विभिन्न जातको करीव दुई सय ५० क्यूफिट अवैध काठ
बरामद गरेको छ ।
        ज १ त ९१३५ र ज १ त ९३६६ नम्बरको ट्याक्टरमा राखेर अवैध रुपले लैजाँदै
गरेको अवस्थामा
जामुन, कटहर र सिसौंका काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस
नक्टाझिजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        एपीएफ टोलीले त्यसवेला उल्लेखित दुवै ट्रयाक्टर समेत बरामद गरेको छ ।
        बरामद काठ तथा ट्याक्टर डिभिजन वन कार्यालय जनकपुरमा बुझाइएको छ । बरामद
काठ तथा ट्याक्टरको मुल्य करीव १२ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल भुटानी शिविर सुरक्षा बेस बेलडाँगीबाट
खटिएको एपीएफ टोलीले साउन २९ गते करीब एक लाख ४० हजार रुपैयाँ बराबरको ७०
क्यूफिट सिसौंको गोलिया काठ बरामद गरेको छ ।
        झापा जिल्लाको दमक नगरपालिका २ स्थित हम्सेदुम्से सामुदायिक वनमा अवैध
रुपले काठ कटान गरीरहेको भन्ने खबर पाउनासाथै खटिएको एपीएफ टोलीले उक्त
काठ बरामद गरेको हो ।
        बरामद काठ हम्सेदुम्से सामुदायिक वन कार्यालयमा बुझाइएको छ ।
 

2077-04-29
APF News
महाकाली नदीमा फसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

दार्चुला,
        दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ बाङ्गामगर स्थित महाकाली नदीमा
पानीको बहाव बढेर नदिमा फसेका दुई जनाको एपीएफ टोलीले साउन २८ गते सकुशल
उद्धार गरेको छ ।
        सोही जिल्लाको दुहुँ गाँउपालिका ५ बस्ने २२ बर्षिया गिता महरा र २६
बर्षिया पबित्रा महरा नदीको किनारमा बालुवा निकाल्ने क्रममा एक्कासी
पानीको बहाव बढेपछि नदिबाट बाहिर निस्कीन नसकेपछि एपीएफ टोलीले उनीहरुको
उद्वार गरेको हो ।
        सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण
दार्चुलाबाट तत्कालै एपीएफ टोली खटिई गई उनीहरुको सकुशल उद्धार गरेको हो

2077-04-29
APF News
एपीएफ टोलीद्वारा एक लाख ७८ हजार भारतीय रुपैयाँसहित पक्राउ

सुनसरी,
        सुनसरी जिल्लाको कोशी गाउँपालिका ६ यादव टोलबाट साउन २८ गते एपीएफ
टोलीले एक लाख ७८ हजार एक सय ६० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ
गरेको छ ।
        पक्राउ पर्नेमा भारतमा घर बताउने ३२ बर्षिय जयकुमार जैसवाल छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लाहीबाट खटिएको एपीएफ टोलीले
निज जैसवाललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त भारतीय रुपैयाँ फेला
परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका जैसवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक
कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

2077-04-29
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद

काठमाडौं,
        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित भन्सार रोड ईलाकाबाट साउन
२६ गते एपीएफ टोलीले करीब चार लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
मोबाईल सेट बरामद गरेको छ ।
         भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मूल्य बराबरको विभिन्न कम्पनीका २७ थान मोबाईल सेट सशस्त्र प्रहरी बल,
नेपाल नम्बर ५३ गुल्म कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद मोबाईल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ५ नकलबन्द स्थित सीमा ईलाकाबाट
साउन २७ गते एपीएफ टोलीले करीब तीन लाख ९३ हजार रुपैयाँ बराबरको
चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।
        सो ठाउँ स्थित बाँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त सामान
सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस नकलबन्दबाट खटिएको एपीएफ
टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले दश बोरा सुपारी, पाँच
कार्टुन चुरोट र एक कार्टुन औषधी बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
        यसैगरी धनुषा जिल्लाको शहिद नगरपालिका ४ सीमराढीबाट साउन २७ गते एपीएफ
टोलीले करीव एक लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको स्टेशनरी सामान
बरामद गरेको छ ।
        चार वटा मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।        त्यसवेला एपीएफ टोलीले उक्त सामान
ल्याउन प्रयोग भएको चार वटै मोटरसाईकल समेत बरामद गरेको छ ।
        बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद
मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख ६० हजार रुपैयाँ रहेको छ ।
 

2077-04-27