सुर्खेत, सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट पौष २५ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही ठाउमा रहेको राष्ट्रिय वनबाट सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय सुरक्षा वेश घुमखहरेबाट खटिएको एपीएफ टोलीले त्यसवेला उल्लेखित मुल्य बराबरको करीव ३८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय मेहेलकुनामा बुझाईएको छ ।
APF