सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट मंसीर २३ गते
एपीएफ टोलीले २५ बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको हरिपुर्वा नगरपालिका ८ बस्ने ६२ वर्षिय
पल्टु चौधरी छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ
गरिएको हो ।
पक्राउ परेका निज चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।
