झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट मंसीर २२ गते एपीएफ टोलीले करीव ८ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका १३ बस्ने १८ वर्षिय अभिषेक राई र रोमियो देवकोटा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बझुाईएको छ ।
APF