सिरहा,
सिरहा जिल्लाको औरही गाउँपालिका १ दरैया स्थित सीमा ईलाकाबाट पौष २६ गते
एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४
वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि
पक्राउ गरिएको हो ।
पक्राउ परेका निज भण्डारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
प्रहरी चौकी हरकट्टिमा बुझाईएको छ ।
