रौतहट,
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट पौष २६ गते
एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना
सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षिय झगडु राय छन् ।
ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा
निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ
टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।
त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ ।
पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि
भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
