Toggle Menu

समाचार

APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ:-
काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धनौजी गाँउपालिका १ लखौरी बस्ने २५ बर्षिय अमित कुमार बरहीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी धनौजीबाट खटिएको टोलीले निज बरहीलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, स्पास्मो प्लस ट्याब्लेट ८ वटा, पेन्टाजोइन २० वटा, एक्जिप्लोन सिरप २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बरहीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुनषामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको टोलीले असार १५ गते नाईट्राभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजासहित बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वाबाट सोही उपमहानगरपालिका १२ शितलपुर बस्ने १८ बर्षिय मनोज कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाइएको छ ।
2079-03-16
APF News
दश लाख रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
रौतहट, रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार छन् । गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद गाडीको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।
2079-03-15
APF News
विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काठमाडौं, International Centre for Integrated Mountain Development (ICIMOD) आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण गराईएको हो ।
2079-03-15
APF News
श्रोत नखुलेको रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
सिरहा, सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार १४ गते सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षिय दयानाथ कापत, ४८ वर्षिय जगनाथ साह, ३३ वर्षिय उमेश साह र ३१ वर्षिय रविन साह छन् । से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत नखुलेपछि दुवै मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
2079-03-15
APF News
सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धार
काठमाडौं, झापा जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना व्यक्तिहरुलाई असार १४ गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेकोे हो । यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले असार १५ गते सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका ८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो । त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।
2079-03-15
APF News
अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयता
काठमाडौं, अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो । यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको हो ।
2079-03-14
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
सर्लाही, सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ स्थित मलंगवा-नवलपुर सडकखण्डबाट असार १३ गते सशस्त्र प्रहरीले १ हजार २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ६ बस्ने १८ बर्षिय एलिस राई छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निज राईको साथमा उल्लेखित लागूऔषध फेला पारिएको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ ।
2079-03-14
APF News
सशस्त्र प्रहरीद्वारा करीव ३१ लाख रुपैयाँको सामान सहित ट्रक बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट असार १२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको पार्ट्स र औषधी बरामद गरेको हो । बीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको हो । बरामद ट्रकको भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइको छ ।
2079-03-13
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई असार १३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सम्मान गर्नुभएको छ । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई हार्दिक बधाई दिनुहुँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिनुहुँदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
2079-03-13
APF News
गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको सो को एक राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ बर्षिय राहुल रन्जन, २० बर्षिय उज्वल कुमार र ३६ बर्षिय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । जनकपुरबाट भारततर्फ जाँदै गरेको बि आर ०६ ए.पी. ३००८ नम्बरको सुजुकी कारमा जाँच गर्ने क्रममा कारको सिट मुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र ७.६५ एम.एम. को एउटा गोली फेला पारिएको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र कार सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
2079-03-13
APF News
गुल्मपति तथा स्टाफ तालिम र प्रशासनिक व्यवस्थापन तालिम संचालन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार १३ गतेदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी प्रथम प्रवचन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई एउटा महत्वपूर्ण सिक्ने अवसरको रुपमा लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले सुरक्षाकर्मीहरुलाई चुस्त, दुरुस्त, अनुशासित र ईमान्दार बनाई राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी वहन गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसक्ने सक्षम अधिकृत उत्पादनमा विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिममा ३२ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ५ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल ३२ जना अधिकृतहरुको सहभागिता रहेको छ । सिसिएससी तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरु तथा प्रशासनिक व्यवस्थापन तालिममा कार्यालय व्यवस्थापन प्रणाली, सशस्त्र प्रहरी बल नेपालको संरचना, चिठीपत्र, संचार, माईन्यूटीङ अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, काउन्सिलिङ्ग लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने त्यवअवसरमा जानकारी गराईएको थियो ।
2079-03-13
APF News
लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८ बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला पारिएकोे हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी ट्याब्लेट १३ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
2079-03-13
APF News
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईलको टेम्पर ग्लास बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको २ हजार ४ सय वटा टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीबाट सशस्त्र प्रहरी नायव निरीक्षक राजेन्द्र कुमार रावलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार १२ गते करीब १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त औषधी सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीबाट बरामद गरिएको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको टोलीले असार १२ गते महोत्तरी जिल्लाको सम्सी गाँउपालिका २ स्थित पर्सा बजारबाट करीब १ लाख ८ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ । यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ पकौलीबाट असार १२ गते सशस्त्र प्रहरीले करीब १ लाख ७४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार घनश्याम यादवको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोमराज शर्माको कमाण्डमा खटिएको टोलीले असार १२ गते करीब १ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2079-03-12
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को असार ९ गते एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, सो प्रतिष्ठान तथा तालिम शिक्षालयहरुको विशेष भूमिका रहने उल्लेख गर्नुहुँदै सो प्रतिष्ठानले तालिम शिक्षालयहरुमा संचालन हुने तालिमहरुको गुणस्तर र प्रभावकारिता अभिबृद्धिमा खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । उहाँले प्रथम पटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्नुहुँदै निकट भविष्यमा संचालन हुने बरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिम सम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकहरुको मनोवल उच्च राख्न उहाँहरुको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्नुहुँदै उच्च मोरालमा रहि सकारात्मक सोचका साथ सबैले आ-आफ्नो ठाउँबाट सांगठनिक बिकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । हाल संचालन भईरहेका तालिमहरु, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरुको व्यवस्थापन, तालिममा प्रशिक्षण गराईने विषयहरु, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरुको विशिष्टिकरण तथा स्तरोन्नती, उपलब्ध भौतिक पूर्वाधारहरुको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्यहरु समयानुकुल, बैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकहरुबाट प्रस्तुतीकरण भएका विषयरुमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिनुभयो । ८ हप्ता अवधिको उक्त तालिम २६ जना सिनियर अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयहरुका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
2079-03-09
APF News
लागूऔषध सहित दुई जना पक्राउ
बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने २५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्र ०३-००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन १२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।
2079-03-09