धनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४
गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र
सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय
गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त
लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै
गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन
ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो ।
पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
