बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगंज सीमा ईलाकाबाट सशस्त्र
प्रहरीले पौष १९ गते करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका एक
जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने ३० वर्षिय राज
कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा मातहत बिओपी
कबहिगोठले उक्त चरेशसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बी.आर. ०५ ए.भी. ३०४२
नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश
लगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, बिलबुक र
लाईसेन्स समेत फेला पारेको हो ।
बरामद चरेश तथा अन्य सामाग्रीसहित उनलाई आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय बारामा बुझाईएको छ ।
