महोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट
मंसीर २६ गते सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४०
कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय
राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।
बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ
चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा
लिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि
भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
