पर्सा,
पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते
सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक
नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको
विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय
बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई
२२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक
नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ
ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए ।
बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय
ठोरीमा बुझाईएको छ ।
