Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा सहित पक्राउ

काठमाडौं,

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम केवल रायको कमाण्डमा खटिएको टोलीले जेठ २६ गते करीव १० लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित परवानीपुर गाउँपालिका ५ बस्ने २२ बर्षिय विकास पटेललाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर ०२–०३–००१ च ३६३८ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अबस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यस बेला उक्त गाडी समेत बरामद गरिएको हो ।

यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २६ गते सशस्त्र प्रहरीले करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सोही ठाउँको बाँसको झाडीमा बेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी निरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

2079-02-27
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं,
    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मेडीकल तथा सर्जिकलका सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले बरामद गरेको हो ।
    यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले जेठ २५ गते करीव २ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।
    भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
    त्यसैगरी सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका ७ महनपुरस्थित सडकखण्डबाट जेठ २४ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
    त्रिभुवननगरबाट बयलवासतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र वेवारिसे अवस्थामा रहेको सो सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सखुअवाबाट खटिएको टोलीले बरामद गरेको हो बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 

2079-02-25
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान 

काठमाडौ,
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दज्र्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ । 
    नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
    समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक बधाई दिनुहुँदै उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउनुहुँदै उहाँलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । 
    उहाँले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्नुहुँदै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै  गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्ने बताउनुभयो । 
    महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्नुहुँदै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गर्नुभयो । 
    उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्नुहुँदै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिनुभयो ।     
    सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो ।
    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
 

2079-02-25
APF News
विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण

काठमाडौं, 
  सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा जेठ २२ गते विश्व वातावरण दिवशको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो ।
       त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो । 
    यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा १३ हजार ९ सय ८९ वटा फलफूल लगायत विभिन्न विरुवाहरु रोपिएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहतका युनिटले ३ हजार १ सय २१ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ३ हजार ६ सय ७९ वटा, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ९ सय १९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्याले कास्कीले, ७ सय ४० वटा, नम्बर ५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देहीले ३ हजार ६ सय ३४ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ४ सय ३६ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ५ सय ५७ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौले १ सय ५० वटा बोटविरुवा रोपिएको छ । 
    त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले १ सय ५० वटा, नेपाल एपीएफ अस्पतालले ८५ वटा, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराले ५० र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले १७ वटा बोटविरुवा रोपेको हो ।  

2079-02-22
APF News
सशस्त्र प्रहरीद्वारा आँपको काठसहित एक जना पक्राउ

सर्लाही,

सर्लाही जिल्लाको बरहथवा नगरपालिका ९ स्थित मुर्तिया ईलाकाबाट जेठ १९ गते करीव ६० क्युफिट आँपको काठसहित सोही जिल्लाको हरिपुर नगरपालिका २ बस्ने २७ बर्षिय दिनेश साहलाई पक्राउ गरेको छ ।

ज १ त ५०३० नम्बरको ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ ।

पक्राउ परेका साहलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय मुर्तियामा बुझाईएको छ ।

2079-02-20
APF News
सशस्त्र प्रहरीद्वारा चोरीनिकासीमा संलग्न दुई जना पक्राउ

सुनसरी,

सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले चोरीनिकासीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ जिल्लाको बेलबारी नगरपालिका १ घर बताउने ५५ बर्षिय कबिर बहादुर तामाङ र सुन्दर हरैचा नगरपालिका ३ बस्ने ३१ बर्षिय सन्तोष बास्तोला छन् ।

दुई वटा पिकअप गाडीमा राखेर नेपालबाट भारततर्फ अबैध रुपले चौपायाँ चोरीनिकासी गरी लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी कप्तानगंजबाट सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्यसबेला दुबै गाडी समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुबै जनालाई बरामद चौपायाँ र गाडीसहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ ।

2079-02-20
APF News
सशस्त्र प्रहरीद्वारा सामान बरामद

काठमाडौं,

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २० गते सशस्त्र प्रहरीले करीव ६ लाख ८८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित अरुवा खोला पुलबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

ना २ ख ८४५९ नम्बरको ट्रकमा राखेर अवैध रुपले लैजाँदै गरेको उक्त सामानको कागजपत्र फेला नपरपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी सर्मजुवाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ ।

बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको अन्दाजी मुल्य २० लाख रुपैयाँ रहेको छ ।

2079-02-20
APF News
चोरीनिकासीको मदिरासहित भारतीय नम्बरको कार सशस्त्र प्रहरीद्वारा बरामद

महोत्तरी,

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको विभिन्न मदिरा बरामद गरेको छ ।

डि.एल. ५ सीडी ७४५३ नम्बरको भारतीय कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा र उल्लेखित कार सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कारका चालक गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो कार सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद मदिरा तथा कार आन्तरिक राजश्व कार्यालय जनकपुरमा बुझाईएको छ । उक्त कारको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।

2079-02-19
APF News
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्य जारी
मुस्ताङ्ग, कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला पारिएको छ । सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटिरहेको छ । अपरान्ह ४ बजेसम्मको प्राप्त विवरण अनुसार उक्त जहाजमा चढेका यात्रुहरुमध्ये १८ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य भईरहेको छ । फेला पारिएको १० जनाको शव सोही जिल्लाको कोवाङ्गबाट नेपाली सेनाको हेलीद्वारा काठमाडौंतर्फ पठाईएको बताईएको छ ।
2079-02-16
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट केन्द्रिय सहायता तथा समन्वय कक्षको उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको केन्द्रिय सहायता तथा समन्वय कक्षको सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले जेठ १६ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी राष्ट्रसेवकहरु अवकाश, राजीनामा तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा सम्बन्धित कर्मचारी र आश्रित परिवारले निबृत्तीभरण लगायतका संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त हुने सुविधा तथा विभिन्न कामकारवाहीहरु छिटो, छरिटो र सहज होस भन्ने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको उल्लेख गर्नुहुँदै उहाँहरुलाई सो कार्यका लागि ती कार्यालयहरुमा ल्याउन लैजान तथा अन्य प्रशासनिक सहयोगका लागि सवारी साधन तथा अनुभवी कर्मचारी खटाई सेवा प्रधान गरिने बताउनुभयो । उहाँले प्रत्येक महिनामा दुई पटक सेवाग्राहीहरुलाई संकलन गरी सहजीकरण गरिने व्यवस्था मिलाईएको उल्लेख गर्नुहुँदै सो कार्यले वहालवाला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि हुनुकोसाथै अवकाश पछिको जीवनमा समेत संगठनप्रती सकारात्मक रहिरहने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको शिसु स्याहार केन्द्रको शुभारम्भ गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत राष्ट्रसेवकका शिसुहरुलाई कार्यलय समयमा स्याहार सुसार तथा रेखदेखका लागि वि.सं. २०६८ साल फागुन २८ गतेबाट सुरु गरिएको उक्त केन्द्र भूकम्प तथा कोभिड-१९ महामारीको कारण बन्द रहेकोमा आजैबाट सो सेवा पुनः संचालन गरिएको हो । त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफु ड्यूटिमा रहेका अवस्थामा उहाँहरुको सन्ततीहरुको उचित रेखदेख र स्याहारका लागि सो केन्द्रको औचित्य र महत्वलाई आत्मसाथ गर्दै पुनः संचालन गरिएको बताउनुहुँदै हाललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा र भविष्यमा अन्य युनिटहरुमा समेत विस्तार गरिदै लैजाने संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षज्यूको योजना रहेको बताउनुभयो । उहाँले यस सुविधाले सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्ना बालबच्चालाई आफ्नै निगरानीमा राखी उचित समय समेत दिई बालबालिकाहरुको सर्वार्ङिण विकासमा योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
2079-02-16
APF News
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४ वर्षिय रमेश नेपाली छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल विश्वकर्मालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2079-02-11