काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १ गते सशस्त्र प्रहरी
बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत
इकाईहरुको निरीक्षण गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी
र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल
तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन समेत
दिनुभयो ।
यसअघि साउन ३१ गते धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरज
प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समुपस्थितिमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल वीच शान्ति सुरक्षामा समन्वय,
सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
थियो ।
