धनुषा,
    धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० बर्षिय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ ।
    भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।
    पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको छ ।  

APF