सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिनगर गाँउपालिका ४ बस्ने १९ बर्षिय शिवराम कुमार महत्तो र २० बर्षिय राम प्रवेश कुमार मण्डल छन् । को ३५ प ७५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी घुस्कीमा बुझाइएको छ ।
APF