Toggle Menu

समाचार

APF News
पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेला
झापा, झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ । सोही जिल्लाको कमल गाँउपालिका १ बस्ने निज खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीले साउन १८ गते विहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।
2079-04-18
APF News
प्रशासनिक व्यवस्थापन तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन १७ गते एक कार्यक्रमका बीच समापन गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पु¥याउने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-04-17
APF News
टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सल्यान, सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले साउन ११ गते फेला पारेको छ । दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षिय बेदबहादुर बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर उक्त तालमा खसेका थिए । सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त तालमा फेला पारेको हो ।
2079-04-11
APF News
माननीय गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा प्रयोग हुने विभिन्न उपकरण, तथा सवारी साधन साउन ७ गते हस्तान्तरण गर्नुभएको छ । त्यसअवसरमा माननीय गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा यी सामाग्रीहरुको सदुपयोग गर्न निर्देशन दिनुभयो । गृह सचिव टेक नारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरु महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एम्बुलेन्स तथा उपकरणहरुको व्यवस्थाले नेपालमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्नुहुँदै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट विभिन्न समयमा प्राप्त उपकरणहरुले सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि भएको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स, एम्बुलेन्समा भन्टिलेटर अल्ट्रासाउण्ड उपकरण तथा ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरणहरु समेत जडान गरिएको छ । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ । नेपालमै पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्सहरुमा सीसीटिभी क्यामेरा जाडान गरिएकाले टाढा रहेका विशेषज्ञ चिकित्सकहरुले समेत उपचारमा गाईड गर्न सक्छन् । मोबाईल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटै प्रदेशमा एक-एक वटाका दरले बितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहने एउटा एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपालद्वारा संचालित नेपाल एपीएफ अस्पतालसँगको समन्वयमा संचालन हुनेछ । यसैगरी भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनापछि खोज तथा उद्धार कार्यका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज तथा उद्धार उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताम सिंह, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल तथा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई लगायतको उपस्थिति रहेको थियो । --
2079-04-07
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालितFirst Asian United Nations Training of Trainers Course for the New Specialized Training Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिमको साउन ६ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले The Integrated Training Service (ITS) of the Department of Peace Operations (DPO) / The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो प्रतिष्ठानले तालिम संचालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छबि उच्च राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्न थप मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान-प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने समेत उल्लेख गर्नुभयो । दश दिनसम्म संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका थिए । कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल र कालिदास धौवजी, The Integrated Training Service (ITS) का प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2079-04-06
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः–
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2079-04-05
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट साउन ४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित धनकुटा जिल्लाको पाख्रीवास ३ बस्ने २१ वर्षिय बिशाल लिम्बुलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल, फेनारगन १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल र ९ वटा निट्राभेट ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।
2079-04-05
APF News
श्रोत नखुलेको नेपाली रुपैयासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा ईलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय सुमन बि.क. छन् । प्रदेश ०२-००३-००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बि.क.लाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रास्लेट १ थान, चाँदीको औंठी १ थान, मोवाईल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
2079-04-05
APF News
लाखौ मुल्यको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले साउन १ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १ लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2079-04-02
APF News
सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ । सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्नुहुँदै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताउनुभयो । त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताउनुभयो । उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।
2079-04-02