सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुर बाँकेले फागुन ९ गते करीब २ लाख ९
हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो ।
        बरामद लत्ताकपडा नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
                            
                                                             
                                                     
     
                    