सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख
७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो ।
बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।
