सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई ‘सगरमाथा सम्वाद’को झण्डा हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री ओलीले झण्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक विदाई गर्नुभएको हो ।
यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सहायक निरीक्षक छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरी हार्दिक विदाई गर्नुभएको थियो ।
