संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको ११औँ डफ्फाको टोली बैशाख २४ गते राती स्वदेश फिर्ता भएको छ । स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बैशाख २५ गते प्रधान कार्यालय हलचोक स्वयम्भुमा स्वागत गर्नुभएको छ ।