सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख २ गते प्रधान कार्यालय हलचोक स्वयम्भुममा अनिवार्य अवकाश जान लाग्नुभएका सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक विदाई गर्नुभएको छ । साथै सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई समेत हार्दिक विदाई गर्नुभएको थियो ।