संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको टोलीलाई बैशाख २४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रमका बीच हार्दिक स्वागत गर्नुभयो ।
 
     
                     
            



