कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ५ स्थित शिशवाबाट बैशाख १८ गते करीव ६ लाख ३१ हजार रुपैयाँ बराबरको ईलोक्ट्रोनिक सामानसहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
यु.पी. ५५ के ३५३१ र यु.पी. ५५ एम ७९३१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडाले बरामद गरेको हो ।
बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
