रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ छोड्की रामनगर ईलाकाबाट साउन १८
गते सशस्त्र प्रहरीले करीव १ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
चिनीसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित
मुल्यको ३ सय के.जी. चिनी प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
नियन्त्रणमा लिएको हो ।
बरामद चिनी तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।