सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका
विभिन्न गुल्म तथा स्कुलहरुमा  कार्यालय प्रमुखको रुपमा कामकाज गर्नेगरी
खटिई जान लागेका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई कार्यक्षेत्रमा
त्रुटिरहित ढंगबाट आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ

        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा गुल्म तथा
स्कुलहरुमा कार्यालय प्रमुखको जिम्मेवारी पाएका अधिकृतहरुका लागि संचालन
गरिएको २ दिने कमाण्ड अनुशिक्षण तालिमको साउन ३ गते सामापन कार्यक्रममा
उहाँले सो निर्देशन दिनुभएको हो ।
        उहाँले खटिई जान लागेका कमाण्डर तहका अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिदा
भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरी आफू मातहतका
सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत चुस्त र दुरुस्त हालतमा राखी
उपलब्धीमूलक कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको बृहत्तर हितको लागि
सकारात्मक सोच राखेर काम गर्न र फिल्डमा सम्बन्धित सरोकारवाला
निकायहरुसंग समेत आवश्यक समन्वय गरी कार्य गर्न निर्देशन दिनुभयो ।

APF