रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीव १ लाख
६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक र भाडावर्तनसहित भारतीय
स्कुटर सशस्त्र प्रहरीले बैशाख ०६ गते नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ यूपी ५६ वाई ३८४२ नम्बरको स्कुटरमा
ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामान र स्कुटर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
