सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले विल विजक नभएको विभिन्न
किसिमको सामानसहित चार जना व्यक्ति र चार वटा गाडी नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारा ईलाकाबाट बैशाख ४ गते
करीब ९ लाख २३ हजार रुपैयाँ बराबरको किराना सामानसहित झापा जिल्लाको
बुद्धशान्ति गाँउपालिका ४ बस्ने ३४ बर्षिय आकाश वि.क.लाई नियन्त्रणमा
लिइएको छ । धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्र १-०१-००१ च ९३१४ नम्बरको
पिकअप गाडीमा शंका लागि जाँच गर्दा गाडीमा भएको किराना सामानहरुको
बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो ।
यसैगरी शिवधारा ईलाकाबाटै बैशाख ४ गते करीब ७ लाख रुपैयाँ बराबरको
बिलबिजक नभएको किराना सामानसहित धरानबाट भेडेटारतर्फ जाँदै गरेको को १ च
७२१८ नम्बरको मारुती भेन र भेन चालक सोही उपमहानगरपालिका १६ बस्ने ३२
बर्षिय मनिष के.सी.लाई नियन्त्रणमा लिइएको छ ।
यसैगरी सोही ठाउँबाट करीब ८ लाख रुपैयाँ बराबरको विभिन्न किसिमको सामान
र धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४६२२ नम्बरको मिनि ट्रकसहित
धरान उपमहानगरपालिका १३ बस्ने सोभितमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ
।
बिलविजक नभएको स्याउ, बदाम र ढाकाटोपीसहित उक्त गाडीका चालक श्रेष्ठलाई
नियन्त्रणमा लिइएको हो ।
यस्तै सोही ठाउँबाट बैशाख ३ गते उक्त बेसबाट खटिएको टोलीले करीब ११ लाख
८ हजार रुपैयाँ बराबरको सामान र ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ
।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २११८ नम्बरको ट्रकमा बिलबिजक
नभएको चुरोट र एलपी ग्यास फेला परेपछि गाडीसहित चालक झापा जिल्लाको
बुद्धशान्ति गाँउपालिका ६ बस्ने ३८ बर्षिय बिपिन कट्वाललाई नियन्त्रणमा
लिइएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको व्यक्ति, सामान तथा गाडी राजश्व
अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
