ईन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौ
जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५
फिटको गहिराईबाट निकालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको
गोताखोरले चैत्र २२ गते बुधबार सुवेदीको शव निकालेको हो ।
मकवानपुर स्थित ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको
ईन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा चैत्र २१ गते मंगलबार उनी सो
तालमा हामफाली बेपत्ता भएका थिए ।
