प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा
संचालित सातौ एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई फागनु
१७ गते विविध विषयमा प्रशिक्षण गराउनुभएको छ ।
उहाँले व्यक्तिगत जीवनमा आईपर्न सक्ने विविध समस्या र त्यस सम्बन्धि
अनुभव तथा वर्तमान समयमा राष्ट्र तथा नागरिकमा आईपर्ने विविध चुनौतीहरुको
बारेमा प्रशिक्षण दिनुभएको थियो ।
साथै उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बीच एक आपसमा भएका
समन्वय र सहकार्य तथा राष्ट्रिय सुरक्षामा नेपाल प्रहरीको भूमिकाको
बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेल, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका विषयविज्ञ प्रमुख
नारायण अधिकारी लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको
थियो ।
