दुर्लभ कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले गत पौष २९ गते महोत्तरी
जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास बस्ने ४४ वर्षिय यादवराज
घिमिरेलाई नियन्त्रणमा लिएको छ ।
साथै उनको साथबाट करीव ५ लाख ७८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका
चाँदीको गरगहना समेत बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई चीनतर्फ लैजाने योजनाकासाथ ल्याईएको
उक्त कस्तुरीमृगको विना सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर
नगरपालिका ४ बाहुनडाँगी सडकखण्डबाट उनलाई नियन्त्रणमा लिईएको हो ।
मे ५ प २२०४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
घिमिरेलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी
निरीक्षक विदुर भट्टराईको टोलीले जाँच गर्दा उनको साथमा उक्त
कस्तुरीमृगको विना र चाँदी फेला पारेको हो । साथै बरामद पश्चात उक्त सामाग्री
आवश्यक अनुसन्धानको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार
ललितपुर पठाईएकोमा उक्त प्रयोगशालाले समेत सो कस्तुरीमृगको विना प्रमाणीत
गरेको हो ।
बरामद चाँदी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ भने पक्राउ
परेका घिमिरेको साथमा फेला परेको कस्तुरीमृगको विना र उनले प्रयोग गरेको
उक्त मोटरसाईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय झापामा
बुझाईएको थियो ।
