काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५
गतेदेखि सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं ४ सीमा
सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ ।
सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान
मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास
धौवजीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले मनोनित भई तालिममा सहभागी हुने
प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुहुँदै तालिमलाई
तालिमको रुपमा नलिई आफुले हासिल गरेका ज्ञान, सीप र कलालाई एक आपसमा शेयर
गर्ने ठाउँको रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले वार्षिक तालिम क्यालेण्डर अनुसार दर्जागत तालिम र विभिन्न उन्नत
तालिम नियमित रुपमा संचालन गरिने कुरा बताउनुुहुँदै देश तथा संगठनलाई
आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्न तालिम अपरिहार्य रहेको
बताउनुभयो ।
१२ हप्ता अवधिको सिसिएससी तालिममा ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरु
प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ६ हप्ता अवधिकोे सीमा
सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु
र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको
सहभागिता रहेको छ ।
