काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा मंसीर १ गते एक कार्यक्रमका बीच
“समर्पण एपीएफ मासिक” पत्रिकाको बिमोचन गर्नुभयो ।
उहाँले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक
सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको
उक्त मासिक पत्रिका संगठनको एक ऐतिहासिक क्षण समेत हुने विश्वास व्यक्त
गर्नुभयो ।
महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलमा भएका
कामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा
सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कर्मचारीहरु यसबाट संगठनका
क्रियाकलापका बारे समयमै जानकार हुने विश्वास समेत व्यक्त गर्नुुभयो ।
उहाँले संगठनको यस उपलब्धी र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै
लगिने बताउनुभयो ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा
सशस्त्र प्रहरी बल, नेपालको भूमिका उल्लेखनीय रहने बताउनुुहुँदै निर्वाचन
सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु जुन ठाउँमा परिचालित
भएतापनि आ-आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न समेत
उहाँले निर्देशन दिनुभयो । यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिक
रुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट “समर्पण राष्ट्रका लागि” नामक
कार्यक्रम सञ्चालनमा छ ।
उक्त बिमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र
प्रकाश गौतम र बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपाल बरिष्ठ
अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
