काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते
‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त
प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक
सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले
व्यवसायीक दक्षता अभिवृद्धि गर्न थप टेवा पु¥याउने विश्वास समेत व्यक्त
गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत प्रदेश स्तरमा रहेका
सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुमा मासिक रुपमा नियमित सो
प्रतियोगिता संचालन गरिने योजना रहेको छ ।
