बाँके,
बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते
सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम
यार्सागुम्बा बरामद गरेको छ ।
अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र
प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो ।
सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई
देख्नासाथै सोही ठाउँमा छाडि भागेका थिए ।
बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज
बाँकेमा बुझाइएको छ ।
