काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९
गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम
संचालन भएको छ ।
उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा
सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा
आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी
पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु
अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने
उल्लेख गर्नुभयो ।
१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र
सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी
निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
