काठमाडौं,
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल
नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन
तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन १७
गते एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा
सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई
पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक
कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा
आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा
गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पु¥याउने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई
सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं
कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास
समेत व्यक्त गर्नुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३
जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले
सफलतापूर्वक सम्पन्न गरेका छन् ।
कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र
प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका
अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
