झापा,
झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी
खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले
फेला पारी खोलाबाट बाहिर निकालेको छ ।
सोही जिल्लाको कमल गाँउपालिका १ बस्ने निज खरेल सो खोलामा पौडी
खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र
प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको
सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट
खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीले साउन १८ गते विहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करीब
२० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।
