सिन्धुपाल्चोक,
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा
अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग
शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल
मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।
सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना
सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली
खटिगई उनको उद्धार गरेको हो ।
