मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६
गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर
निकालेको छ ।
सोही ठाउँ बस्ने ३० बर्षिय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा
वेपत्ता भएको भन्ने खबर प्रहरी चौकी घिनाघाटबाट प्राप्त हुनासाथ सशस्त्र
प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङबाट टोली खटिगई उनको खोजी कार्यमा
जुटेको थियो ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।
